काठमाडौं । सेयर बजारले कमब्याक गरेको छ । मंगलबार २८ अंकले घटेको बजार आज ९ अंकले फर्केको हो । दिनभरमा २१ अंकको उतरचढाव आएको नेप्से अन्त्यमा बढेर बन्द भएको हो ।
सूचकमा सुधार आए पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ११ करोड घटेर १ अर्ब ८१ करोड रुपैयाँमा सीमित भएको छ ।
बुधबार नेप्से परिसूचक ९.२५ अंकले बढेर २०८६.८४ विन्दुमा आइपुगेको छ । यसदिन २६९ कम्पनीको ९३ लाख ६१ हजार ७८६ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १० समूहको परिसूचक बढेको छ भने ३ को घटेको छ । फाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै १.६९ प्रतिशतले बढेको छ ।
आज शिवम् सर्वाधिक कारोबार भएको छ । यसको ११ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।
बढ्दो बजारमा आज आरबीबी म्युचुअल फण्ड १ का इकाईधनीले सर्वाधिक ४.१४ प्रतिशत कमाएका छन् । त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंक ४.०३, सिद्धार्थ इक्वीटी फण्ड, सिंगटी हाइड्रोपावर, सयपत्री हाइड्रोपावर र गोर्खा फाइनान्सको सेयर मूल्य साढे ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।