add

साउन २५ देखि हकप्रद सेयर बिक्री गर्दै सिनर्जी पावर






ActPro Nepal

|

१७ साउन, २०८०

|
217

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले साउन २५ गतेदेखि हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् १:०.५ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको हो ।

कम्पनीको हकप्रद सेयरमा भदौ १३ गतेसम्म आवेदन दिन पाइने छ । लगानीकर्ताले सानिमा क्यापिटल, सानिमा बैंक, नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीले हकप्रद प्रयोजनका लागि साउन १२ गते बुकक्लोज गरेको थियो । सो अनुसार साउन ११ गतेसम्म कायम रहने सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ। हकप्रद निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर डबल बी प्लस’ रेटिङ दिएको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँद छ ।

हाल ८० करोड ६५ लाख ७५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद निष्कासनपछि १ अर्ब २० करोड ९८ लाख ६२ हजार रुपैयाँ पुग्नेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.