काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । मौद्रिक नीतिपछि लगातार १२७ अंकले घटेर सोमबार ५ अंकले बढेको नेप्से आज फेरि उच्च २८ अंकले घटेको हो ।
सूचकमा गिरावट आए पनि कारोबार रकममा भने झिनो सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ७ करोड बढेर १ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।
मंगलबार नेप्से परिसूचक २८.५९ अंकले घटेर २०७७.५८ विन्दुमा आइपुगेको छ । यसदिन २६२ कम्पनीको ६० लाख १५ हजार ६७ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये म्युचुअल फण्ड बाहेक अरु सबै समूहको परिसूचक घटेको छ । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै २.४७ प्रतिशतले घटेको छ ।
आज अपर तामाकोशीको सर्वाधिक कारोबार भएको छ । यसको पौने ९ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।
दोहोरो अंकले घटेको बजारमा आज किसान लघुवित्तका सेयरधनीले सर्वाधिक ६.५४ प्रतिशत गुमाएका छन् । त्यस्तै, हिमालयन लघुवित्त ५.५७, प्रोग्रेसिभ फाइनान्स ५.२४, जोशी हाइड्रोपावर र ग्रीन भेन्चर्सको सेयर मूल्य ४ प्रतिशतले घटेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।