add

साउन २३ देखि रिलायबल लाइफको आईपीओ, प्रतिकित्ता भाउ २५७ रुपैयाँ






ActPro Nepal

|

१५ साउन, २०८०

|
336

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले साउन २३ गतेदेखि प्रिमियम मूल्यमा प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधरणका लागि आइपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले सर्वसाधरणका लागि अंकित मूल्य १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २५७ रुपैयाँमा ९६ लाख कित्ता सेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीको आइपीओमा लगानीकर्ताले साउन २६ गतेसम्म आवेदन दिन सक्नेछ । सो अवधिमा सबै सेयर नबिकेमा ढिलोमा भदौ ५ गतेसम्म आवेदन दिन पाउने छन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकत ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरोसेयरमार्फत अनलाइन् आवेदन दिन सक्नेछन् ।

इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। आइपीओ निष्काशनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी त्रिपल बी इस्यूअर’ रेटिङ दिएको छ । यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको जनाउँदछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.