काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासमा सिटिजन्स बैंकको नाफा १०.४१ प्रतिशतले बढेर २ अर्ब २१ करोड ४४ लाख २५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैकको नाफा २ अर्ब ५६ लाख १० हजार रुपैयाँ रहेको थियो ।
यो अवधिमा बैकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको सुधारले बैंकको नाफा बढेको छ । खुद ब्याज आम्दानी १७.३० प्रतिशतले बढेर ५ अर्ब ८५ करोड ७२ लाख ७४ हजार रुपैयाँ रहेको छ । यस्तै सञ्चालन नाफा १३.४२ प्रतिशतले बढेर ३ अर्ब ७ करोड २७ लाख रुपैयाँ पुगेको छ ।
असार मसान्तसम्म बैंकको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा बढेर ६ अर्ब ७ करोड ४७ लाख ९५ हजार रुपैयाँ रहेको छ । १ खर्ब ६८ अर्ब ८४ करोड २१ लाख ३९ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ४० अर्ब ४० करोड १५ लाख १९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको खराब कर्जा २.२२ प्रतिशतबाट बढेर असार मसान्तमा ३.१९ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ५९ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ०८ पैसा रहेको छ । गत आवको असार मसान्तसम्म बैकको वितरणयोग्य नाफा ९८ करोड ६० लाख ७३ हजार रुपैयाँ रहेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।