काठमाडौँ । सिटिजन्स लाइफ इन्सुरेन्सको आइपीओमा अहिलेसम्म ३९ करोड ७० लाख ९५ हजार ३६० रुपैयाँ बराबरको आवेदन परेको छ ।
सीडीएसका अनुसार यसमा साउन ११ गते बिहानसम्ममा २३ हजार २८५ जनाले १६ लाख २७ हजार ४४० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १.४४६ गुणा बढी आवेदन हो ।
सिटिजन्सले असार ३१ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँका दरले ११ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो । यसमा साउन १४ गतेसम्म आवेदन दिन सकिनेछ ।
यस्तै, सन नेपाल लाइफ इन्सुरेन्सको पनि आइपीओमा ३३ करोड १८ लाख १ हजार ३१० रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आजसम्ममा २१ हजार ७६१ जनाले १३ लाख ८८ हजार २९० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १.४४ गुणा बढी आवेदन हो ।
सन नेपालले साउन १ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँका दरले ९ लाख ६० हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो । यसमा साउन १५ गतेसम्म आवेदन दिन सकिनेछ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।