काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्न थालेको छ । पछिल्लो एक एक महिनामै कच्चा तेलको मूल्य २२ प्रतिशतसम्म बढेको छ ।
गत जुलाई २५ तारिख (असार १० गते) प्रतिब्यारेल ६९ गलर रहेको विश्व् बेन्चमार्क ब्रेन्ट क्रुड आयको मूल्य बढेर आज ८४ डलर पुगेको छ । एक महिनाको अवधिमै ब्रेन्ट क्रुडको मूल्य १५ डलर अर्थात् २१.७३ प्रतिशतले बढेको छ ।
त्यस्तै, अमेरिकी बेन्चमार्क डब्ल्यूटीआई कच्चा तेलको मूल्य १० डलर अर्थात् १५ प्रतिशत बढेको छ । असार १० गते प्रतिब्यारेल ६९ डलर रहेको डब्ल्यूर्टीको मूल्य बढेर आज ७९ डलर पुगेको छ ।
त्यसैगरी, मुर्बान क्रुडको मूल्य प्रतिब्यारेल ७४ बाट ८४ डलर पुगेको छ भने अन्य अधिकांश बेन्चमार्क क्रुड आयको भाउ पनि बढेको छ ।
पछिल्लो समय विश्वका ठूला तेल उत्पादक देशहरुले उत्पादनमा कटौती गर्दा आपूर्ति कम हुन गई कच्चा तेलको मागसँगै मूल्य पनि बढ्न थालेको हो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा त्यसको सिधा असर नेपालमा पर्छ । नेपालले भारतबाट तेल खरिद गर्दै आएको छ । चारतले पनि विश्व बजारबाट कच्चा तेल किनेर प्रशोधन गरी नेपाललाई बेच्ने गरेको छ । विश्व बजारमै तेलको भाउ बढेपछि भारतले पनि नेपाललाई बढाएर बेच्ने गर्छ ।
नेपाल आयल निगमले यसै महिनादेखि स्वचालित मूल्य प्रणाली लागू गरेको छ । यस अनुसार भारतबाट तेलको भाउ घटबढ भएर आए अनुसार नै बजारमा पनि घटबढ हुनेछ । आइओसीले नेपाललाई हरेक १५–१५ दिनमा मूल्यसूची पठाउने गरेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।