add

एक वर्षमा नेपालकाे व्यापार घाटा साढे १४ खर्ब, आयात–निर्यात दुवै घट्यो






ActPro Nepal

|

८ साउन, २०८०

|
229

काठमाडौं । नेपालको वैदेशिक व्यापार घाटा १५.१५ प्रतिशतले घटेको छ । यो अघिल्लो आवको तुलनामा १५.४५ प्रतिशत कम हो । 

भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांका अनुसार आयात ठूलो मात्रामा घट्दा व्यापार घाटामा भने उल्लेख्य सुधार देखिएको हो । आव २०७८/ ७९ मा १७ खर्ब २० अर्ब रुपैयाँ व्यापार घाटा थियो ।

सरकारले लगाएको आयात प्रतिबन्ध र अर्थतन्त्रमा आएको संकुचनको कारण वस्तुको मागमा कमी आउँदा व्यापार घाटामा सुधार आएको हो ।

नेपालले गत वर्ष कुल १७ खर्ब ६८ अर्बको वैदेशि व्यापार गरेको छ ।  जसमा कुल १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने नेपालबाट १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जबकि अघिल्लो वर्षमा १९ खर्ब २० अर्बको वस्तु आयात हुँदा २ खर्बको निर्यात भएको थियो ।

गत वर्ष आयात र निर्यात दुवैमा गिरावट आएको छ । अघिल्लो वर्षको तुलनामा आयात १६.०८ प्रतिशत र निर्यात २१.४४ प्रतिशतले घटेको छ ।

सरकारले २०७८ देखि गाडी, मदिरा लगायत १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो भने २०७९ पुसदेखि उक्त बन्देज हटाएको थियो । पुसदेखि प्रतिबन्ध घटे पनि बजारमा उपभोग्य वस्तुको माग नहुँदा आयात पनि घटेको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.