add

मिडिया मार्फत अध्यागमनकी कर्णको ब्युटिसियन संघलाई धम्की






ActPro Nepal

|

६ साउन, २०८०

|
517

काठमाडौं । अध्यागमन विभागमा कार्यरत रहेको बन्दना कर्णको विवाद झन् झ्न पेचिलो र रहस्यमय बैन्दै गएको छ । 

कर्णले शनिवार मिडिया मार्फत संघका पदाधिकारीहरुलाई ग्याङ भन्दै उनीहरुलाई पनि साईवर कानुन लगाएर थुन्नलाई मुद्धा हाल्ने तयारी रहेको भन्दै धम्की दिएकी छन् । 

महिला हकहितका लागि समाज सेवा गर्दै आएकी  नेपाल ब्युटिसियन संघकी निर्वतमान अध्यक्ष भगवति खड्काले नेपाल भरीको प्रतिनिधित्व गर्ने संस्थालाई ग्याङ भन्नु कर्णले पाएको पदको दुरुपयोगभएको र उनले पदिय दुरुपयोग दिन प्रतिदिन बडाउदै गएको खड्काले बताईन् । 

यसको विरुद्घमा पनि सम्वधित निकायमा कर्ण र उक्त मिडियालाई उजुरीहाल्ने संघको तयारी रहेको बताईन् । खड्काका अनुसार आफ्ना सदस्यले परेको मर्काको वारेमा लिखित रुपमा निवेदन आएपछी त्यसको सत्य तथ्य बुझ्नु र कसैले ब्यवसाय बन्द गर्ने बातवरण सृर्जना गर्छ भने त्यसको बिरुद्धमा संघले सहयोग गर्नु संघको दाईत्व भित्र पर्ने बताईन् । 

संघमा आवद्ध फेसियल हाउस संचालक सुष्मा महरालाई काठमाडौंको के.एल.टावर स्थित रहेको फेसियल हाउसमा सेवा लिन भनी आएका कर्णले उक्त स्थानमा खुला रुपमा राखिएको सि.सि.टि.भि.को हवाला दिई आफनो ब्यक्तिगत गोपनियता माथि आँच आएको भनी महानगरिय प्रहरी बृत, गौशलामा उजुरी दिएकोमा प्रहरीबाट सो सम्वन्धमा आवश्यक अनुसन्धान भै उजुरी ब्यहोरा अनुसारको अपराधिक कार्य नभएको देखिएकोले मिति २०८०।०३।२८ मा कर्ण कै सहमतीमा प्रहरी कार्यालयमा दुई पक्ष बिच आपसि लिखित सहमती भैसकेकोमा पछि सोही बिषयलाई लिएर पुनः ब्युटीसियन पेशा माथि आँच आउने गरि झुठा रुपमा आरोपहरु लगाई ब्यूटीपार्लरमा कानून सम्मत कार्य नभएको भन्ने झुठा प्रचारप्रसार गरि आफु गृह मन्त्रालय मातहतको कर्मचारी भएको नाताले आफ्नो पदिय दुरुपयोग गरि गृह मन्त्रालय, गृह सचिव तथा महानगरिय प्रहरी परिसार, टेकुलाई समेत आफ्नो प्रभावमा पारि एक पल्ट आफुले नै सहमती गरेको बिषयमा पुन सोहि प्रहरी कार्यलयमा दर्ता गराउन अनुचुत कार्य रहेको बताईन् । अझ कर्णले सम्पुण ब्यूटिसियनहरु ब्यस्यालय चलाउछन् भन्नु अफैमा खेद पुण रहेको छ । 

खड्कालाई पिडित भनिने कर्णले आफनो नाम सर्वजनीक गरेको सम्म प्रश्न उढाएको विषयमा सोधदा उनि भन्छन् ” एउटा विषयमा सहमति गरेर गैसकेपछि  पुन आफनो पदिय हसियतको दुरुपयो गर्नेलाई पिडित भनीदैन पिडित त अव फेसियल हाउकी संचालीका सुष्मा महरा हो । 

सर्भिस लिन आएर श्रम गरेको पैसा समेत नतिरी हुदै नभएको आरोप लगाउने आफ्नो पक्षमा कामगरेन भने राष्ट्र सेवक प्रहरीहरुलाई बिक्यो भन्ने कतिसम्मको अराजाक्ता होला उनी थप्छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.