add

अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन






ActPro Nepal

|

५ साउन, २०८०

|
366

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीआमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

कम्पनीले असार ७ गतेदेखि आयोजना प्रभावित क्षेत्र दैलेखका स्थानीय बासिन्दाका लागि बिक्रीमा ल्याएको सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड ९ लाख ८० हजार ४०० रुपैयाँ बराबरको ५ लाख ९ हजार ८०४ कित्ता सेयर बिक्रीमा ल्याएको हो । सोमध्ये २ लाख ५४ हजार ९०२ कित्ता आयोजना अति प्रभावित क्षेत्र नौमुले गाउँपालिका-३ का बासिन्दा र २ लाख ५४ हजार ९०२ कित्ता सो बाहेकका सम्पूर्ण दैलेखबासीका लागि छुट्याइएको छ ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अघिकतम २५ हजार कित्ताका लागि आवेदन दिन पाउने छन् । स्थानीयले आयोजना स्थल, ग्लोबल आइएमई बैंक, एनआइसी एशिया बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आइपीओलाई केयर रटिङ नेपालले ‘केयर एनपी डबल बी इस्युअर रेटिङ’ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ ।

कम्पनीले प्रबर्धन गरिरहेको ४ मेगावाटको माथिल्लो लोहोरे साना जलविद्युत् आयोजनाको कुल अनुमानित लागत ९४ करोड ७२ लाख १७ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २३ करोड ६८ लाख ४ हजार २५० रुपैयाँ रहेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.