add

साढे २४ करोड ठगी आरोपमा विश्वकर्मा पक्राउ






ActPro Nepal

|

५ साउन, २०८०

|
423

काठमाडौं । सर्वसाधारणको साढे २४ करोड ठगी गरेर फरार भएका आरोपित सोम विश्वकर्मा पक्राउ परेका छन्। झापाको गौरादहमा सुन–चाँदी व्यवसाय सञ्चालन गरिरहेका उनी एक महिना अघिदेखि फरार थिए। 

विश्वकर्मामाथि स्थानीय सर्वसाधारण साढे २४ करोडभन्दा बढी ठगी गरेको आरोप लागेको थियो। उनलाई प्रहरीले बिहीबार पूर्वीनाका काँकडभिट्टाबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए। 

पक्राउ परेका विश्वकर्मामाथि गौरादहका चार सय ६६ जनाको रु २४ करोड ६५ लाख तीन सय ५५ हिनामिना गरेर फरार भएको आरोप लागेको थियो। 

उनीविरुद्ध इलाका प्रहरी कार्यालय दमकमा पीडितले ठगी मुद्दा दर्ता गरेका थिए। उनले फरार हुनुअघि गौरादह नगरपालिका–१ का वडाध्यक्ष नगेन्द्र भण्डारीको मेसेन्जरमा आर्थिक समस्यामा परेका कारण आफू फरार भएको र खोजतलास नगर्नुहोला भन्ने सन्देश पठाएर बेपत्ता बनेका थिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.