add

प्रदेशस्तरीय फुटसल प्रतियोगिताको तयारी अन्तिम चरणमा






ActPro Nepal

|

५ साउन, २०८०

|
336

झापा  । दमकमा आयोजना हुन लागेको प्रदेशस्तरीय फुटसल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

यही साउन ७ गतेदेखि दमक–९ को रणभूमि फुटसल कोर्टमा हुने प्रतियोगिताका लागि काम धमाधम भइरहेको आयोजक दमक बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति सोविन न्यौपानेले जानकारी दिए ।

प्रतियोगिताका लागि सहभागी टिमहरूको टुंगो लागिसकेको छ भने फिक्स्चर पनि सार्वजनिक भइसकेको छ । प्रतियोगितामा २१ वटा क्याम्पसले प्रतिस्पर्धा गर्ने छन् । न्यौपानेका अनुसार प्रतियोगितामा झापा, मोरङ, सुनसरी र इलामका त्रिभुवन विश्वविद्यालयबाट सम्बन्ध प्राप्त क्याम्पसहरूले सहभागिता जनाउने छन् ।

दर्शकका लागि फुटसल कोर्ट वरिपरि बाँसको अस्थायी प्यारापिट निर्माणको काम सकिन लागेको उनले बताए । उनका अनुसार विपन्न विद्यार्थीहरू पढाइबाट बञ्चित हुन नदिन छात्रवृत्ति कोष निर्माणका लागि प्रतियोगिता आयोजना गरिएको हो । कोषका लागि पाँच लाख रुपैयाँ बचत गर्ने लक्ष्य रहेको न्यौपानेले जानकारी दिए । 

प्रतियोगिताको विजेता टिमले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा प्राप्त गर्नेछ । त्यस्तै, विधागत पुरस्कारको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.