add

विमानस्थलबाट बरामद सुन झण्डै १०० किलो, तीन पक्राउ






ActPro Nepal

|

४ साउन, २०८०

|
362

काठमाडौं । काठमाडौँ राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट झण्डै १०० किलो सुन बरामद गरेको जनाएको छ ।

बुधबार साँझ विशेष अपरेशन चलाएको विभागले ८० देखि १०० किलो बराबरको सुन बरामद गरेको जानकारी गराएको छ ।

विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलो बराबरको सून बरामद भएको र थप अनुसन्धान जारी रहेको  बताए । उक्त सुन ओसारपसरासमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको छ। तर उनीहरु तल्लोतहका रहेका बताइएको छ । ठूला तस्कर भने समातिएका छैनन् ।

ङ्कङबाट आएको सुन विमानस्थल पास भएर ट्याक्सीमा लैजान लागिएको अबस्थामा बरामद गरिएको हो । भोलि थप विवरणहरु खुल्ने जनाइएको छ । सूचना चाँडो चुहिंँदा मुख्य कारोबारी जोगिएका अनुसन्धानमा खटिएका एक अधिकृतले बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.