add

उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने पौने ९ लाख सवारी साधन कारबाहीमा






ActPro Nepal

|

२८ असार, २०८०

|
377

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाभित्र सवारी नियम उल्लङ्घन गर्ने ८ लाख ७६ हजार १४१ सवारी साधनलाई कारबाही गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालु आर्थिक वर्षमा काठमाडौँ, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही गरेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही गरिएको जानकारी दिए ।

कारबाही गरिएकामध्ये लेनमा ३८ हजार ३६२, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ५३ हजार ६४, रातोबत्ती बलेको बेला सवारी साधन चलाउने २८ हजार ९३२ सवारी साधन कारबाहीमा परेका छन् ।

यस्तै, तीव्र गतिमा ५६ हजार ५२४, जथाभावी पार्किङ गर्ने १ लाख ३६ हजार ३९, आरक्षण सिट प्रयोग नगर्ने ७३६, जथाभावी हर्न बजाउने १४ हजार ४४७, लागूपदार्थ सेवन गरी सवारी साधन चलाउने १४८ र ओभरलोड प्रयोग गर्ने १६ हजार ४८५ सवारी साधन रहेका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट काठमाडौँ उपत्यकाको सवारी साधन व्यवस्थापनका लागि प्रहरी नायब महानिरीक्षक (डीआइजी)को नेतृत्वमा एक हजार आठ सय बढी ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

हाल देशभर ३० लाखभन्दा बढी सवारी साधन सञ्चालनमा रहेका छन् । तीमध्ये काठमाडौँ उपत्यकामा मात्र १२ देखि १५ लाख सवारी साधन सञ्चालनमा रहेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.