add

हाथवे इन्भेष्टमेन्टले ५० रुपैयाँका दरले आइपीओ ल्याउने






ActPro Nepal

|

२७ असार, २०८०

|
391

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले साउन ४ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले विदेशमा रहेका नेपालीका लागि प्रतिकित्ता ५० रुपैयाँ दरले १ करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ९२ हजार ५०० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

त्यसैगरी, कम्पनीले आफ्ना कर्मचारीका लागि ५८ हजार ५०० कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख ४६ हजार २५० कित्ता सेय निष्काशन गर्ने भएको छ।

लगानीकर्ताले कम्पनीको आइपीओमा न्यूनतम २० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा साउन ४ देखि १८ गतेसम्म आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.