add

बैकको कर्मचारी हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ






ActPro Nepal

|

२७ असार, २०८०

|
237

काठमाडौं । विभिन्न बैकको कर्मचारी हुँ भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको धनपालथान गाँउपालिका- १ का महमद मोजाहीद मिया रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार मियाले अनलाईन मार्फत बिभिन्न बैकको आधिकारीक कर्मचारी हुँ भनी बैक खातासंग वालेट आईडीसंग जोडीदीने भन्दै ठगी गरेका थिए ।

मियाले सेवाग्राहीको वालेट आइडीमा अनधिकृत रुपमा पहुँच पुर्‍याई विभिन्‍न बैंक खातामा ११ लाख १२ हजार ८४० रुपैयाँ ट्रान्सफर गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

मियालाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाईएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.