add

ललिता निवास प्रकरण : सञ्चार मन्त्रालयका सचिव राउत पक्राउ






ActPro Nepal

|

२४ असार, २०८०

|
302

काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा बहालवाला सचिव पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई आज (आइतबार) पक्राउ गरेको हो।

यसअघि समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुवप्रसाद अर्याललाई सिआइबीले आजै काठमाडौंबाट नियन्त्रणमा लिएको थियो। राउतलाई काठमाडौंबाट विराटनगर जाने क्रममा केहीबेर अघि त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस प्रकरणमा मुछिएका उनीविरुद्ध प्रहरीले यसअघि नै पक्राउ पुर्जी लिइसकेको थियो।

त्यसअघि आजै पक्राउ परेका घिमिरेले समरजंग कम्पनीका प्रमुखको रुपमा रहेको बेलामा सरकारी जग्गा दाबी गर्नुपर्ने समयमा दाबी नगरेका कारण हिनामिनामा उनको पनि संलग्नता रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। 

अर्याल भने नापी अधिकृतको रुपमा जग्गा नापजाँचमा संलग्न रहेको पाइएको छ। यसप्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यापारी मिनबहादुर गुरुङलगायत ९ जनालाई प्रहरीले यसअघि नै पक्राउ गरी अनुसन्धान गरिररहेको छ।

यो प्रकरणमा सार्वजनिक पदधारण गरेका झण्डै डेढ सयभन्दा बढी पदाधिकारी र कर्मचारीहरु जोडिएका छन्। आजसम्ममा प्रहरीले यस प्रकरणमा मुछिएका १२ जनालाई समातेको छ भने ३ जना अदालतको स्टे अर्डरका कारण छुटेका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.