add

थप दुई कम्पनीले पाए आइपीओ बिक्री गर्न अनुमति






ActPro Nepal

|

२४ असार, २०८०

|
220

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप दुई कम्पनीलाई प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति दिएको छ ।

बोर्डले असार २० गते चिर्खुवा हाइड्रोपावर र माथिल्लो मैलुङखोला जलविद्युत् लिमिटेडलाई आइपीओ बिक्री गर्न अनुमति दिएको हो ।

दुवै कम्पनीले सर्वसाधरण र आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आइपीओ बिक्री गर्न अनुमति पाएका हुन् ।

चिर्खुवा हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ दरले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आइपीओ निष्काशन गर्न अनुमति पाएको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ ।

यसैगरी, माथिल्लो मैलुङखोला जलविद्युत्ले प्रतिकित्ता १०० रुपैयाँ दरले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता सेयर बिक्री गर्न अनुमति पाएको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.