add

स्थगन गरिएको घोराही सिमेन्टको आइपीओ खुला, आवेदकले रकम फिर्ता लिन सक्ने






ActPro Nepal

|

२१ असार, २०८०

|
406

काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको सार्वजनिक निष्कासन सम्बन्धमा गरेको छानबिन प्रतिवेदनअनुसार चारवटा निर्णय गरेको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै बोर्डले सेयरमा आवदेन दिएका लगानीकर्ताहरुले सेयर थपघट गर्नेदेखि आवेदन फिर्ता वा खारेज गर्न मिल्ने निर्णय गरेको हो ।

विवादका कारण अलपत्र परेको सिमेन्टको आइपीओ भरेकाहरुले पैसा फिर्ता गर्न तीन दिनको समय पाउने भएका छन्।

बोर्डका अनुसार बिक्री प्रबन्धकले पुन: यस बारे सूचना प्रकाशित गर्नेछ। सूचना प्रकाशित भएको तीन दिन भित्र पैसा फिर्ता दिने अथवा रद्द गर्न निवेदन दिनुपर्नेछ। नभए पहिलाभन्दा धेरै अथवा कम आवेदन पनि दिन मिल्छ।

उक्त तीन दिनमा पर्याप्त आवेदन नआए बोर्डले आइपीओ आवेदनको म्याद थप ७ दिनसम्म लम्ब्याउने अनुमति दिएको छ। यस अवस्थामा भने यसअघि घोराही सिमेन्टको आइपीओमा आवेदन नदिएकाहरुले समेत आवेदन दिन पाउने छन्।

प्रतिवेदनअनुसार केही लगानकर्ताले बैंक खातामा पर्याप्त मात्रामा रकम नहुँदा नहुँदै सर्वसाधारण लगानीकर्तालाई भ्रमित पार्ने उद्देश्यले अस्वाभाविक रूपमा ठूलो कित्ता सेयर खरिद गर्न आवेदन दिएकोबारे थप छानबिन हुने भएको छ । यसका लागि नेपाल प्रहरीसमक्ष सिफारिस गरिएको छ ।





एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.