add

उच्च अंकले घट्यो नेप्से, ३ अर्ब बढीको कारोबार






ActPro Nepal

|

२० असार, २०८०

|
267

काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) ३९.२६ अंकले घटेर २०४९.४४ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २७७ कम्पनीको ३ अर्ब ७ करोड ३९ लाख ९२ हजार १३६ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । त्यसदिन २ अर्ब ५७ करोड ६१ लाख ४० हजार १२८ रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूह परिसूचक घटेको छ । आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ ।

यसको १६ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन लाइफको १३ करोड ९० लाख र सोल्टी होटल ९ करोड बढीको कारोबार भएको छ ।

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा सिटी होटल्सको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ भने रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर ९.९९ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा बढी बिपीडब्लु लघुवित्त वित्तीय संस्था र मोदी इनर्जी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.