add

विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक,धितो राखेर कर्जा लिन पाइने






ActPro Nepal

|

२० असार, २०८०

|
366

काठमाडौं । नेपाल राष्ट्र बैंकले दश अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले बिहीबार ६ वर्षको लागि बोलकबोल मार्फत विकास ऋणपत्र २०८६ ‘च’ बिक्री गर्ने भएको हो । यस ऋणपत्रको ब्याजदर भने बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ ।

ऋणपत्र धितो राखेर कर्जा लिन सकिने राष्ट्र बैंकले जनाएको छ । विकास ऋणपत्र सरकारको आन्तरिक ऋण उठाउने एउटा उपकरण हो । सोही मार्फत राष्ट्र बैंकले ऋण उठाएर सरकारलाई सघाउँछ । यस ऋणपत्रमा इच्छुक वित्तीय संस्था तथा नागरिकलाई बोलकबोल पेश गर्न आग्रह गरेको छ ।

‘नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागद्वारा देहायका विशेषता, प्रक्रिया एवं शर्तहरु सहित ६ वर्ष अवधिको विकास ऋणपत्र २०८६ “च” बोलकबोल प्रक्रियाद्वारा निष्काशन गरिने भएको हुँदा उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले तोकिएको मिति र समयभित्र बोलकबोल पेश गर्नुहुन अनुरोध छ,’ राष्ट्र बैंकले निष्कासन गरेको सूचनामा उल्लेख छ ।

असार २१ गतेका अपरान्ह ३ बजेसम्म बोलकबोलको मिति तोकिएको छ भने ऋणपत्र खरिद गर्न चाहनेले उक्त समयभित्र राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणाली मार्फत बोलकबोल गर्न सक्नेछन् ।

यसैगरी, निष्काशन र साँवा भुक्तानी मिति असार २२ गते तोकिएको छ । लगानीकर्ताले अर्धवार्षिक रुपमा ब्याज प्राप्त गर्नेछन् भने आर्जित ब्याजमा ब्याजकर लाग्न सूचनामा उल्लेख छ ।

प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् ८.५ अर्ब र १.५ अर्ब छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने जनाएको छ ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त भए बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने उल्लेख गरिएको छ ।

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँड गरिनेरकमसम्ममा कायम भएको कटअफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालालाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइनेछ ।

कति खरिद गर्न पाइन्छ ? यस्ता छन् शर्त

खरिद गर्न पाउने सीमा घटीमा पचास हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकतोकेको छ ।

ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् ।

इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाले अप्रतिस्पर्धीको रुपमा भाग लिन पाउने छैनन् । प्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर (दशमलव पछाडि दुई अंकसम्म मात्र) उल्लेख गर्नुपर्नेछ ।

इच्छुक बोलवालाले बहु–ब्याजदरमा समेत बोल गर्न सक्नेछन् । प्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकममात्र उल्लेख गर्नु पर्नेछ भने प्रतिस्पर्धी बोलकबोलबाट निर्धारित एकल ब्याजदरमा प्रतिस्पर्धी बोलवालालाई उक्त ऋणपत्र बिक्री गरिनेछ ।

राष्ट्र बैंकमा खाता नभएका बोलवालाहरुले आफूले खरिद गर्न चाहेको रकमको २.५० प्रतिशतले हुने अर्नेष्ट मनी वापतको रकम यस राष्ट्र बैंकमा रहेको खाता न. १२०००००–०१५–११५–५२४ मा जम्मा गरेको सक्कल भौचर २१ गते दिनको ३ः०० बजेभित्र पेश गर्नु पर्नेछ ।

राष्ट्र बैंकमा खाता भएका बोलवालाहरुले उक्त अर्नेष्ट मनी वापतको रकम आ–आफ्नो खातामा मौज्दात कायम गर्नुपर्नेछ । व्यक्ति बोलवाला भएको खण्डमा अर्नेष्ट मनी जम्मा गरेको सक्कल भौचर र नागरिकता प्रमाणपत्रको छविचित्र साथमा लिई यस विभागमा आई अनलाइन बिडिङ प्रणाली मार्फत बोलकबोल गर्नुपर्नेछ ।

बैकमा खाता नहुने सफल बोलवालाले निष्काशन मिति असार २२ गतेदिनको १२ बजेभित्र यस बैकमा रहेको खाता नं २०००००–०१५–११५–५२४ मा बाँकी रकम जम्मा गरेको भौचर पेश गरी सक्नु पर्नेछ । उक्त समयभित्र आवश्यक रकम दाखिला नगरेमा अर्नेष्ट मनी वापतको रकम जफत हुनेछ ।

अस्वीकृत बोलवालाहरुको अर्नेष्ट मनी वापत्को रकम यससम्बन्धी निर्णय भएको मितिले ७ दिनभित्र बिना ब्याज फिर्ता हुनेछ । प्राप्त बोल आंशिक वा पूर्ण रुपमा स्वीकृत गर्ने वा नगर्ने अधिकार यस बैंकको खुला बजार सञ्चालन समितिलाई हुनेछ । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत मात्र हुने राष्ट्र बैंकले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.