काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट पाँच कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति पाएका छन् ।
बोर्डले हाथवे इन्भेष्टमेन्ट लिमिटेड, मिड सोलु हाइड्रोपावर लिमिटेड, मान्डु हाइड्रोपावर, सिटिजन लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्सलाई आईपीओ निष्कासन गर्न अनुमति पाएका हुन् ।
अनुमति पाएका पाँच कम्पनीमध्ये तिन वटाले प्रिमियममा आइपीओ निष्काशन गर्न अनुमति पाएका छन् । माण्डु हाइड्रोपावर, सिटिजन्स लाइफ र सन नेपालले प्रिमियममा आइपीऋो बेच्न अनुमति पाएका हुन् ।
हाथवे इन्भेष्टमेन्टले प्रतिकित्ता ५० रुपैयाँ दरले २९ लाख २५ हजार कित्ता आइपीओ निष्काशन गर्न अनुमति पाएको छ।
त्यसैगरी, मिड सोलु हाइड्रोले प्रतिकित्ता १०० रुपैयाँमा १४ लाख ९६ हजार ८०० कित्ता र मान्डु हाइड्रोले प्रतिकित्ता २०६ रुपैयाँ (अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर) दरले १६ लाख ३६ हजार ३७० कित्ता आइपीओ आइपीओ निष्काशनको अनुमति पाएको हो ।
त्यस्तै, सिटजन्स लाइफ र सन नेपाल दुवैले प्रिमियमा आइपीओ निष्काशनको अनुमति पाएका छन् । सिटजन्स लाइफले प्रतिकित्ता २४४ रुपैयाँ (अंकित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थपेर) दरले १ करोड १२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न बोर्डले अनुमति दिएको हो ।
त्यसैगरी, सन् नेपाल लाइफ इन्स्योरेन्सले प्रतिकित्ता २३९ रुपैयाँ (अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थपेर) दरले ९६ लाख कित्ता सेयर जारी गर्न स्वीकृति पाएको हो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।