add

वीर अस्पतालका ७०० जनरल बेड अब बिरामीले निःशुल्क पाउने






ActPro Nepal

|

९ असार, २०८०

|
265

काठमाडौं । वीर अस्पतालका ७०० जनरल बेड शुक्रबारदेखि बिरामीलाई नि:शुल्क उपलब्ध गराउने निर्णय गरिएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स को कार्यकारी परिषदले सो निर्णय गरेको हो।

यसअघि प्रतिबेड दुई सय रुपैयाँ शुल्क लिने गरिएको थियो। बेड नि:शुल्क गर्दा वार्षिक ५ करोड रुपैयाँ खर्च हुने बताइएको छ।

यसअघि, प्रतिबेड २०० रुपैयाँ शुल्क लिने गरिएकोमा अब भने निःशुल्क हुने न्याम्सका उपकुलपति डा. भुपेन्द्र बस्नेतले बताए । अस्पतालका क्याबिन र आईसीयू बेडमा भने तोकिएको शुल्क लाग्नेछ ।

७०० बेड निःशुल्क गरेबापत् हुने वार्षिक पाँच करोड रुपैयाँ खर्च सरकार र अस्पतालको आन्तरिक स्रोतबाट व्यहोरिने पनि डा. बस्नेतले बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.