add

सरकार डिजिटल नेपाल निर्माणमा प्रतिवद्ध छ : प्रधानमन्त्री प्रचण्ड






ActPro Nepal

|

८ असार, २०८०

|
393

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकाले डिजिटल नेपाल निर्माणका लागि आवश्कय पूर्वाधार विकासमा काम गरिरहेको बताएका छन् ।

काठमाडौंमा आयोजित हुवावे डिजिटल नेपाल कन्क्लेभ २०२३ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले डिजिटल पूर्वाधार विकास मार्फत् राज्यको पहुँच नपुगेका दुर्गम क्षेत्रका सर्वसाधारणलाई समेत जीवनस्तर उकास्न आवश्यक पहल गरिएको दाबी गरे ।

‘डिजिटल डिभाइडलाई कम गर्ने र डिजिटल इकोनोमीमा जोड दिने सरकारको अभिप्राय हो । तर पनि नेपालको भौगोलिक अवस्था, श्रोतसाधनको कमी, दक्ष जनशक्तिको अभाव तथा कतिपय नीतिगत कठिनाइले सोचेअनुरुप विकास हुन नसकेको यथार्थ हाम्रासामु छ,’ उनले भने,‘हाम्रो अपेक्षा र सोच आर्टिफिसियल इन्टेलिजेन्स एआई जस्तै जस्तै द्रूत भए पनि स्रोतसाधन, संरचना र कार्यशैली भने त्यस अनुरुप छैनन् । यसतर्फ विशेष ध्यान दिएर राष्ट्रलाई डिजिटल सक्षमतातर्फ विकास गर्नु जरुरी छ ।’

पछिल्लो समयमा आइसिटीका क्षेत्रमा नेपालभित्रै दक्ष जनशक्ति विकास हुँदै जानु हाम्रो सबल पक्ष रहेको उल्लेख गरेका प्रधानमन्त्रीले सफ्टवेयरका क्षेत्रमा परनिर्भरताको अन्त्य गर्ने सम्भावनाको ढोका खुल्दै गएको दाबी गरे ।

स्वदेशमा समुचित रोजगारी तथा अवसरको वातावरण नहुँदा आइसिटी क्षेत्रका जनशक्ति पलायन भइरहेको तथ्यप्रति आफू सचेत रहेको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

उनले भने,‘यो अवस्थाको गम्भीरता महसुस गरेर सरकारले बजेटमार्फत २० प्रतिशत महंगो भएपनि स्वदेशी प्रविधि प्रयोग गर्ने नीतिगत व्यवस्था र आविस्कार, स्टार्टअप र इन्नोभेसनका क्षेत्रमा कूल विकास बजेटको १ प्रतिशत विनियोजन गरेका छौँ ।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.