add

सरकारका सबै वेबसाइट एकैपटक डाउन






ActPro Nepal

|

५ असार, २०८०

|
739

काठमाडौं । नेपालका सबै सरकारी निकायको वेवसाइट डाउन भएको छ। सिंहदरवारस्थित केन्द्रीय सर्भरमा समस्या आएपछि सरकारी वेवसाइटहरू डाउन भएका हुन्।

सर्भर ह्याक भएको हो वा प्राविधिक कारणले बन्द भएको भन्नेबारे अझै एकिन हुन नसकेको गृहमन्त्रालय स्रोतले बतायो। 'सर्भरमा एक्कासि समस्या आएपछि वेवसाइटहरू नचलेका हुन्। ह्याक भएको हो वा प्राविधिक कारण भएको हो। त्यसबारे अझै अध्ययन भइरहेको छ,' स्रोतले भन्यो।

केन्द्रीय सर्भरमा समस्या आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको सिस्टम पनि चलेको छैन। जसका कारण हवाई उडानलगायत अति आवश्यक काम कारबाही हुन सकेको छैन।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.