add

स्वास्थ्य रास्ट्रपति पौडेलको मुटुमा पेसमेकर राखियो






ActPro Nepal

|

५ असार, २०८०

|
461

काठमाडौं । मुटुको चालमा गडबडी भएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा पेसमेकर राखिएको छ। 

मुटुमा समस्या देखिएपछि शनिबार अस्पताल पुगेका उनलाई चिकित्सकले मुटुको चाल निगरानीका लागि भन्दै भर्ना गरेर राखेका थिए। अस्पताल स्रोतका अनुसार मंगलबार मुटुको चाल  कम भएपछि पेसमेकर जोडिएको हो। 

पेसमेकर एक प्रकारको यन्त्र हो । यसले मुटुको चाल अचानक कम भएर शरीरलाई चाहिने आवश्यक रक्तसंचार नपुगेको बेलामा मुटुको धड्कन सामान्य बनाउन मद्दत गर्छ। 

उनलाई अस्पतालको सिसियुमा राखेर  मुटुको चालको निगरानी भइरहेको अस्पताल स्रोतले जनाएको छ। 

राष्ट्रपति पौडेलको गत मंगलबार शहीद गंगालाल अस्पताल बाँसबारीमा मुटुको एन्जियोग्राम गरिएको थियो। एकदिन अस्पताल भर्ना भएर बसेको राष्ट्रपति पौडेल बुधबार ‘डिस्चार्ज’ भएका थिए।

त्यसपछि राष्ट्रपति पौडेल शीतल निवासमै गत शनिबार राति २ बजे थप समस्या भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्टर सेन्टर महाराजगञ्ज लगिएको हो। 

स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेल गत बैशाखमा पनि झन्डै दुई साता लामो समय भारतको अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार गराएर आएका थिए। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.