add

नेप्सेमा दोहोरो अंकको गिरावट, यी ३ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट






ActPro Nepal

|

५ असार, २०८०

|
351

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबार तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) २६.५६अंकले घटेर २०६४.८३ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २६८ कम्पनीको ४ अर्ब ११ करोड ६ लाख ६ हजार ९५३ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

सोमवार तुलनामा कारोबार रकम घटेको छ । त्यसदिन ४ अर्ब ७४ करोड ६ लाख ८ हजार ८८० रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो । आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० को घटेको छ । फाइनान्स उपसमूहको परिसूचक ३.७० प्रतिशतले घटेको छ ।

आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ । यसको साढे २० करोड रुपैयाँको शेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट १९ करोड र हिमालयन डिस्ट्रीलरी १३ १७ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

घट्दो बजारमा पनि ३ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सिटी होटल, बीपीडब्ल्यू लघुवित्त र इङवा हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.