add

भारतीय गुप्तचर संस्थाको प्रमुखमा रवि सिन्हा नियुक्त






ActPro Nepal

|

४ असार, २०८०

|
421

काठमाडौं ।  भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)को प्रमुखमा रवि सिन्हा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को नियुक्ति समितिले सोमबार रअ प्रमुखमा सिन्हालाई नियुक्त गरेको हो । 

सन् १९८८ ब्याचका भारतीय प्रहरी सेवा (आईपीएस) छत्तीसगढ क्याडरका सिन्हा हाल क्याबिनेट सचिवालयको विशेष सचिवको रूपमा कार्यरत छन्।

मन्त्रिपरिषद्को नियुक्ति समितिले सिन्हालाई दुई वर्षको कार्यकालका लागि रअ प्रमुखमा नियुक्तिलाई अनुमोदन गरेको हो । सामन्त गोयलको स्थानमा उनलाई नियुक्त गरिएको हो । ३० जुन २०२३ मा गोयलको कार्यकाल सकिँदै छ । 

सिन्हासँग पाकिस्तान, अफगानिस्तान र चीनमा समेत काम गरेको अनुभव छ। सिन्हा अहिलेका प्रमुख सामन्त गोयलपछि दोस्रो वरीयताका अधिकारी हुन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.