add

घोराही सिमेन्टको प्रिमियममा आइपीओ खुल्यो, प्रतिकित्ता मूल्य कति ?






ActPro Nepal

|

३२ जेठ, २०८०

|
334

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आज (कार्यालय समय)देखि प्रिमियम मूल्यमा प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधरणका लागि आइपीओ बिक्रीमा ल्याएको हो ।

कम्पनीले प्रतिकित्ता ४३५ रुपैयाँ (अंकित मूल्य १०० मा ३३५ रुपैयाँ प्रिमियम थपेर) दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा असार ४ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा जेठ असार १४ गतेसम्म आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरु र मेरोसेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । आइपीओ निष्काशनको लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी ट्रिपल बी माइनस इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.