काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दैलेखको शीरस्थानमा अवस्थित प्राकृतिक ग्यास उत्खनन क्षेत्रको अनुगमन तथा निरीक्षण गरेका छन् ।
बुधबार दाङमा अवस्थित नेपाल संस्कृत विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहमा सम्बोधनपश्चात् प्रधानमन्त्री उक्त क्षेत्रमा पुगेका हुन् । अवलोकन र निरीक्षणका क्रममा उनले ग्यास उत्खनन र यससँग सम्बन्धित विषयको जानकारीसमेत लिए ।
निरीक्षणअघि प्रधानमन्त्री प्रचण्डले दैलेखको दुल्लुस्थित दहगाउँमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका थिए । दाहाल, लम्साल, रूपाखेती, कुंवर र राणा वंशका कुल शिरोमणि दाशुको शालिक अनावरण तथा गुरूयोजना सार्वजनिक कार्यक्रमलाई प्रधानमन्त्रीले सम्बोधन गरे ।
उनले आफ्नो दोस्रो कार्यकाल देशका लागि परिणामुखी भएको स्मरण गर्दै तेस्रो कार्यकाल इतिहासकै सफल कार्यकाल बनाउन सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित सरकार अगाडि बढिरहेको पनि बताए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।