add

नेप्सेमा लगातार पाँचौ दिन वृद्धि, यी ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट






ActPro Nepal

|

२९ जेठ, २०८०

|
180

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबार दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ७.७९ अंकले बढेर १९८७. ८७ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार २८५ कम्पनीको २ अर्ब ८८ करोड ६५ लाख ९ हजार ४१५ रुपैयाँ बराबरको ७४ लाख ५४ हजार ७ कित्ता शेयर किनबेच भएका छन् ।

आइतवारको तुलनामा कारोबार रकम घटेको छ । त्यसदिन ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५६३ रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचकमध्ये ७ बटा घटेको छ भने अन्य बढेको छ । होटल उपसमूहको परिसूचक सबैभन्दा धेरै १०.७८ प्रतिशतले बढेको छ ।

आज पाँच कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । अभियान लघुवित्त वित्तीय संस्था र कालिञ्चोक दर्शनको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै, भूगोल इनर्जी डेभलपमेन्ट, सिटी होटल्स र चन्द्रागिरी हिल्सको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

आज प्रभु स्मार्ट फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।

आज सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ । यसको १५ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

त्यस्तै, हिमालयन डिस्ट्रीलरी १० करोड र शिव श्री हाइड्रोपावर साढे ९ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.