add

केयूका एक हजार २४० विद्यार्थी दीक्षित हुँदै






ActPro Nepal

|

२६ जेठ, २०८०

|
465

काभ्रे ।  काठमाडौं विश्वविद्यालयमा अध्ययनरत विभिन्न संकायका एक हजार २४० विद्यार्थी दीक्षित हुने भएका छन्। विश्वविद्यालयले बिहीबार पत्रकार सम्मेलन गरी जेठ २८ गते आइतबार २८औँ दीक्षान्त समारोह गर्न लागेको जानकारी दिएको हो।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा मुम्बइका अटलास स्किलटेक विश्वविद्यालयका उपकुलपति प्रोफेसर राजन विलुकरको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह हुने विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले बताए। 

दीक्षान्त समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति अशोककुमार राई र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीसमेतको सहभागिता रहने छ। यो पटकको समारोहमा काठमाडौं विश्वविद्यालयबाट स्कुल अफ आर्टस्, एजुकेसन, इञ्जीनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विधाका पीएचडी नौ जना, एमफिल ४१, स्नातकोत्तर तहका ९८ र स्नातक तहका एक हजार ९२ सहित एक हजार २४० विद्यार्थी दीक्षित हुने जनाएको छ। जसमध्ये आर्टस्का ३५, एजुकेसनका ५७, इञ्जीनियरिङका तीन सय ६५, ल का एक, म्यानेजमेन्टका ५०, मेडिकल साइन्सेजका पाँच सय ६५ र साइन्सका  १६७ जना रहने छन् ।

दीक्षित हुने विद्यार्थीमध्ये छात्रभन्दा छात्राको सङ्ख्या बढी रहने छ । पुरुषको प्रतिशत ४९‍३५ (६१२) र महिलाको प्रतिशत ५०.६५ (६२८) जना रहने छ । दीक्षित हुनेमध्ये भारत, श्रीलंका र संयुक्त राज्य अमेरिकालगायतका ७३ जना (५.८९ प्रतिशत) छन् ।

विश्वविद्यालयको इतिहासमा पहिलोपटक स्कुल अफ इञ्जीनियरिङअन्तर्गत ब्याचलर अफ आर्किटेक्चरमा २९ जनालाई उपाधि प्रदान गरिने भएको छ। समारोहको दोस्रो चरणको कार्यक्रमसम्ममा गरी विश्वविद्यालयबाट ४१ हजार २७५ विद्यार्थी उत्तीर्ण भएका छन् ।

विश्वविद्यालयले यसपटक स्कुल अफ एजुकेशनबाट स्नातकोत्तर तहमा मास्टर अफ एजुकेशन इन म्याथमेटिक्स एजुकेशनमा सबैभन्दा बढी सिजीपीए चार प्राप्त गरेका सिद्धार्थ रजकलाई चान्सलर स्वर्ण पदक, स्कुल अफ एजुकेशनबाट नै स्नताक तहमा ब्याचलर अफ एजुकेशन इन चाइनिज ल्याङ्वेज टिचिङमा सबैभन्दा बढी सीजीपीए ३.८९ प्राप्त गरेकी सञ्चिता केसीलाई भाइस चान्सलर स्वर्ण पदक प्रदान गर्ने विश्वविद्यालयदले जनाएको छ।

स्कुल अफ म्यानेजमेन्टको एमबिए तहमा सबैभन्दा बढी सिजीपीए ३.९७ प्राप्त गरेकी प्रश्ना भट्टराईलाई जुद्धबहादुर श्रेष्ठ स्वर्ण पदक र स्कुल अफ म्यानेजमेन्टबाट नै एमबीए तहमा सिजीपीए ३.८५ प्राप्त गरी सर्वोत्कृष्ट भएकी आयुष्मा पोखरेलाई रणबहादुर शाह स्वर्ण पदक प्रदान गर्ने भएको विश्वविद्यालयका प्रवक्ता उद्धव प्याकुरेलले जानकारी दिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.