add

प्रतिनिधिसभा बैठक : आज पनि बजेटमाथिको छलफल जारी रहने






ActPro Nepal

|

२४ जेठ, २०८०

|
412

काठमाडौ ।  प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे सुरु हुनेछ ।

आजको बैठकमा पनि आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल जारी रहनेछ। प्रतिनिधिसभामा बजेटमाथिको छलफल सोमबार सुरु भएको हो।

मंगलबार आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रियामा अनधिकृत व्यक्ति संलग्न भएको विषयमा अर्थमन्त्री डा.प्रकाशशरण महतले जवाफ दिए पछि बजेट माथि छलफल सुरु भएको थियो। सुरुमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले करिब २ घण्टा बोलेका थिए। त्यसक्रममा ओलीले अर्थमन्त्रीलाई यसपटक शंकाको सुविधा दिएको जनाएका थिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.