add

कालापानी सट्टापट्टा गर्ने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितविपरीत छ : सचेतक बर्तौला






ActPro Nepal

|

२२ जेठ, २०८०

|
453

काठमाडौं ।  नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रहित विपरीतको अभिव्यक्ति दिएको बताएका छन्। 

सोमबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डप्रति प्रश्न गर्दै कालापानीसहितका क्षेत्रलाई सट्टापट्टा गर्न सकिने उनको अभिव्यक्ति राष्ट्रहीतविपरीत रहेको बताएका हुन्। 

‘प्रधानमन्त्रीज्यूले अन्तर्वार्तामा कालापानीसहितका विषयलाई सट्टापट्टा गर्न सकिने विषय राख्नुभयो। नेपालको भूमि यस प्रकारले सट्टापट्टा गर्ने अधिकार प्रधानमन्त्रीज्यूलाई कसले दियो? उहाँले दिएको यो अभिव्यक्ति राष्ट्रहितविपरीत हो,’ उनले भने। सचेतक बर्तौलाले प्रधानमन्त्रीको अभिव्यक्तिलाई संविधानको धारा ५ उपधारा (२) मा दण्डनीय व्यवस्था गरेको बताए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.