add

प्रधानमन्त्रीको प्रष्टोक्ति-भारतसँग नेपाली भूमि साट्ने प्रस्ताव गरिएको छैन






ActPro Nepal

|

२२ जेठ, २०८०

|
368

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले लिपुलेक, लिम्पियाधुरा र कालापानी साट्ने प्रस्ताव भारतीय पक्षसँग नराखेको बताएका छन्।

एमालेसहितका विपक्ष दलहरुले सो भूमि साट्न सकिने अभिव्यक्ति दिएको भन्दै संसद् बैठक अवरुद्ध पारिरहेका बेला प्रधानमन्त्री दाहालको यस्तो स्पष्टीकरण आएको हो।

उनले पहिलोपटक आफूले सो भूमि नेपालको हो भनेर स्थापित गराउन पहलकदमी लिएको दाबीसमेत गरे। सोमबार प्रतिनिधिसभा बैठकमा आफ्नो भारतको चारदिने औपचारिक भ्रमणबारे जानकारी गराउने क्रममा प्रधानमन्त्री दाहालले आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कालापानी, लिपुलेक, लिम्पियाधुरासहित सीमा समस्या समाधान गर्नैपर्ने कुरा प्रष्टसँग राखेको र त्यो समस्या समाधान गर्न भारतीय प्रधानमन्त्री मोदीले पनि पहिलो पटक संयुक्त प्रेसमिटमा स्पष्टसँग राखेको बताए।

उनले आफूले सिधा र प्रष्ट ढंगले राखेको सो कुरालाई जनतामा भ्रम फैल्याउने गरी प्रचार गरेकोमा आफूलाई पीडाबोध भएको पनि बताए। प्रधानमन्त्री दाहालले आफूले राष्ट्रिय हितको प्रवद्र्धनका लागि भारतसँग गरेको कुरालाई राम्रो भन्न सक्ने आँट गर्न पनि विपक्ष दलहरुलाई पटकपटक आग्रह गरे।

उनले भने, ‘अहिले प्रतिपक्ष दलको तर्फबाट माननीय सदस्यले र हिजो पनि उठेका कुराहरुको बारेमा मैले स्पष्ट पार्नुपर्ने आवश्यक्ता महशुस गरेको छु। मुख्यकुरा सीमा सम्बन्धि विषयमा। कालापानी, लिपुलेक, लिम्पियाधुरासँग सम्बन्धित विषय र सीमामा जहाँजहाँ समस्या छन्। तीसम्बन्धी विषयमा। म यो सम्माननित सदनलाई पूरै गम्भिरताका साथ, पूरै जिम्मेवारीका साथ भन्न चाहन्छु–मैले बडो प्रष्टसँग यी समस्यालाई हामीले समाधान गर्नैपर्छ। जबसम्म सीमासम्बन्धी यो समस्याको स्थायी र दीर्घकालीन समाधान गरिँदैन, नेपाल–भारतसम्बन्ध सहज हुन सक्दैन भनेर बडो प्रष्टसँग अन्य नेताहरुको अतिरिक्त भारतीय प्रधानमन्त्रीसँग समेत प्रष्टसँग राखेँ।'

प्रधानमन्त्री दाहालले एमालेनिकट केही बुद्धिजीविहरुले नै बरु सीमा समस्या समाधानका लागि बंगलादेश मोडल उपयुक्त हुने भनेर प्रस्ताव गरेको कुरालाई आफूले स्मरण गराउने काम मात्रै गरेको जिकिरसमेत गरे।

उनले आफ्नो भारत भ्रमणमा भएको उपलब्धिलाई केही होइन भन्ने ढंगले हल्ला गरियो भने प्राप्त हुने उपलब्धि पनि गुम्नेतर्फ विपक्ष दलहरुलाई सचेत गराए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.