add

संसद्‌मा आजदेखि बजेटमाथि छलफल हुने






ActPro Nepal

|

२१ जेठ, २०८०

|
336

काठमाडौं । संसद्‌मा आजदेखि सरकारको वार्षिक बजेटमाथि छलफल हुने भएको छ। छलफलका लागि प्रतिनिधिसभाको बैठक  बिहान ११ बजे बस्ने गरी बोलाइएको छ।

आजको बैठकमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले वक्तव्यसहित ‘आ.व. २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यसपछि बजेटमाथि छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। यस्तै, बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची समेत छ।

जेठ १५ गते अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा बजेट पेस गरेका थिए। त्यसपछि प्रतिनिधिसभाको पहिलो बैठक बस्न लागेको हो। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.