add

भारतीय अभिनेत्री भाग्यश्री नेपालमा






ActPro Nepal

|

२१ जेठ, २०८०

|
456

काठमाडौं । काठमाडौंमा आयोजना हुने एक समारोहमा सहभागी हुन भारतीय अभिनेत्री भाग्यश्री नेपाल आएकी छन्।

शनिबार दिउँसो त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपाल आउँदा खुसी लागेको प्रतिक्रिया दिइन्।

“म नेपाल पहिले पनि आएकी थिएँ, मैले कुनै चाडपर्वको समयमा सपरिवार यहाँ आउने सोच बनाएकी छु,” उनले भनिन्, “मेरा चलचित्र आइरहेका छन्, हेर्नुस् र माया गरिदिनुस्।”

उक्त समारोहमा सहभागी हुन भारतीय कलाकार रञ्जीन, विन्दु दाह्रा सिंह, कमेडियन ध्वनी पवारलगायत नेपाल आइसकेका छन्। भारतको प्रतिष्ठित अवार्ड ‘क्याप्टिभेटिङ क्रियसन अवार्ड’मा सहभागी हुन उनीहरू नेपाल आएका हुन्। अवार्डको यो छैटौँ संस्करण हो। यसअघि भारतमा आयोजना भएको अवार्ड समारोह यसपटक भने नेपालमा आयोजना हुँदै छ। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.