add

महिला च्याम्पियन्स लिगको उपाधि बार्सिलोनाले जित्यो






ActPro Nepal

|

२१ जेठ, २०८०

|
328

काठमाडौं ।  युईएफए महिला च्याम्पियन्स लिगको उपाधि बार्सिलोनाले जितेको छ। 

शनिबार राति भएको फाइनलमा उल्भ्सबर्गविरुद्ध पुनरागमन जित निकाल्दै बार्साले उपाधि उचालेको हो। उल्भ्सबर्गले सुरुआती २ गोलको अग्रता जोगाउन नसक्दा बार्सिलोना ३–२ ले च्याम्पियन बन्न पुग्यो।

नेदरल्यान्डसको आइन्ड होभनमा उल्भ्सबर्गले तेस्रो मिनेटमै अग्रता लिएको थियो। उसका लागि इवा पेजोरले गोल गर्दै अग्रता दिलाएकी थिइन्। ३७ औं मिनेटमा पोपले गोल गरेपछि उल्भ्सबर्ग पहिलो हाफमा २–० को सहज अवस्थामा रहेको थियो। 

तर, बार्सिलोनाका लागि पेट्रीसिया गुइजारो गुतिरेजले ४८ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई २–१ को अन्तरमा झारिन्। उनैले २ मिनेटपछि व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोनाले खेल २–२ को बारबरीमा ल्याएको थियो। ७० औं मिनेटमा फ्रिडोलिना रोल्फले गोल गरेपछि बार्सिलोनाले ३–२ को अग्रता बनायो। सोही अग्रता कायम राख्दै बार्सिलोनाले महिला च्याम्पियन्स लिगको उपाधि जित्न सफल भयो।  

बार्सिलोनाले लगातार ३ सिजन फाइनल खेल्दा दोस्रो पटक उपाधि जित्न सफल भयो। उल्भ्सबर्गले भने सन् २०१४ मा उपाधि जिते यता उपाधि जित्न सकेको छैन।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.