add

नेपाल भाषा, कला र संस्कृतिको हिसाबले धनी छ : सभामुख घिमिरे






ActPro Nepal

|

२१ जेठ, २०८०

|
279

काठमाडौ ।  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल भाषा, कला र संस्कृतिको हिसाबले धनी मुलुक भएको बताएका छन् ।

फोकस नेपाल संस्थाले शनिबार आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सामाजिक सङ्घ संस्थाको भूमिका’ विषयक विचार गोष्ठीमा उनले नेपाल गरिबीको चपेटामा रहे पनि भाषा, कला र संस्कृतिको हिसाबले धनी मुलुक भएको बताएका हुन् ।

“नेपाल जाति, भाषा, कला, संस्कृतिलगायतका हिसाबले समुन्नत छ, यसको प्रचारप्रसार गर्ने काममा सामाजिक सङ्घ संस्थाको महत्त्वपूर्ण भूमिका रहन्छ”, उनले भने । निःस्वार्थ सेवाभावका साथ सामाजिक सङ्घ संस्थाले काम गर्नुपर्ने उनको भनाइ थियो ।

सभामुख घिमिरेले समाजसेवा महान कार्य भएकाले त्यसमार्फत समाजलाई माथि उठाउन सकिने बताए । उनले समाज सेवाको क्षेत्रलाई बहस र छलफलको विषय बनाउँदै अगाडि लैजानुपर्ने उल्लेख गरे ।

सभामुख घिमिरेले भौगोलिक हिसाबले पनि नेपाल समुन्नत रहेको भन्दै त्यसको सदुपयोग गर्न सबै लाग्नुपर्ने बताए। फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले सरकार र नागरिकबीचको सम्बन्धलाई सामाजिक सङ्घ संस्थाले नजिक बनाएको बताए। सो अवसरमा सामाजिक सेवामार्फत उत्कृष्ट काम गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.