add

भिभो प्रविधि संवादको प्रथम भर्चुअल कार्यक्रम






ActPro Nepal

|

१९ जेठ, २०८०

|
532

काठमाडौं । भिभोद्वारा बुधबार ‘भिभो ५जी टक’ भर्चुअल कार्यक्रममा नेपाल तथा पाकिस्तानका उद्योग विशेषज्ञहरूलाई यस क्षेत्रमा ५ जी को वर्तमान अवस्था तथा निकट भविष्यमा व्यापार र दैनिक जीवनमा यसले ल्याउन सक्ने सम्भावित रूपान्तरण बारे संवाद गरिएको छ । 

भिभोको टेक–टक पहलको निम्ति मञ्च तयार गरेको छ, जुन दुरसञ्चारको उन्नतिको निम्ति अर्थपूर्ण संवाद गर्ने यस कार्यक्रमको उद्देश्य रहेको छ ।

‘असीमित बुद्धिमान संसार’ मा विषयक उक्त कार्यक्रम तथा प्यानल छलफल दूरसञ्चार पारिस्थितिक प्रणालीका विविध आयाम तथा अन्तर–क्षेत्रीय संवादको निमित्त मञ्च सिर्जना गर्नेमा केन्द्रित रह्यो । 

भिभोको ५ जी टक भर्चुअल कार्यक्रमको प्यानलमा नेपाल र पाकिस्तानका ६ जना विशेषज्ञहरूको सहभागिता रहेको थियो । कार्यक्रममा निरज भुसालः गैर राजपत्रित–अर्थ मन्त्रालय नेपाल,  मूहम्मद अदिल इसरारः आजियाटा एनसेलका प्रमुख प्रविधि तथा उद्यम व्यापार अफिसर र आजियाटा नेपालका प्रमुख प्रविधि अफिसर : मिनू प्रधान, नेपाल टेलिकमका निर्देशक पर्भेज इफ्तिखार,  सूचना र सञ्चार प्रविधि नीति तथा नियमनका अन्तर्राष्ट्रिय सल्लाहकार, पाकिस्तान  खलीद खान, केन्द्रीय एसियाली सेलूलर मञ्चका संस्थापक तथा अध्यक्ष पाकिस्तान र आसिफ अजिजः प्रमुख व्यापार अफिसर, ज्याज पाकिस्तानसहित ६ जना विशेषज्ञहरूको उपस्थिति थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.