add

साफ च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोलीको घोषणा






ActPro Nepal

|

१७ जेठ, २०८०

|
322

काठमाडौ । असारमा हुने साफ च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ।​ मंगलबार नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन्।

साफ च्याम्पियनसिपको १४औँसंस्करण असार ६ देखि १८ गतेसम्म भारतको बेङ्गलुरुमा हुँदैछ। प्रतियोगितामा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्स गरि आठ टिमले सहभागिता जनाउने छन्। प्रतियोगिताको यस संस्करणमा कुवेत र लेबनानले आमन्त्रित टोलीका रुपमा सहभागिता जनाउन लागेका हुन्।

च्याम्पियनसिपको समूह ‘ए’ मा नेपालसहित साविक विजेता भारत, कुवेत र पाकिस्तान छन्। समूह ‘बी’मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन्।

असार ६ मा हुने पहिलो खेलमा नेपालले कुवेतको सामना गर्नेछ। नेपालले असार ९ मा आयोजक भारत तथा असार १२ मा पाकिस्तानविरुद्ध खेल्नेछ।

नेपालको प्रारम्भिक टोली

गोलकिपर: किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ

रक्षक: विक्रम लामा, रोहित चन्द, अनन्त तामाङ, देवेन्द्र तामाङ,विमल पाण्डे, सनिश श्रेष्ठ, निशान्त खड्का, आशिष गुरुङ, सिमान्त थापा, अन्जल महर्जन

मिडफिल्डर: पुजन उपरकोटी, नविन लामा, एरिक विष्ट, मणिकुमार लामा, सुदीप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, विशाल तामाङ

फरवार्ड : नवयुग श्रेष्ठ, अन्जन विष्ट, विमल घर्तीमगर, जिलेस्पीजंग कार्की, आयुष घलान, दिपकराज सिंह ठकुरी, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, जिलेस्पीजंग कार्की, दिनेश हेन्जन


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.