काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले विश्वकप छनोट अघि दक्षिण अफ्रिकामा हुने अभ्यास खेलमा नजाने भएका छन् । जिम्बाव्वेमा हुने एकदिवशीय विश्वकप छनोटका लागि वातानुकुलित तयारी गर्न नेपाल टिम मंगलबार राति दक्षिण अफ्रिका प्रस्थान गर्दैछ ।
टिमले दक्षिण अफ्रिकामा रहँदा स्थानीय टिमहरुसँग चारवटा अभ्यास खेल खेल्नेछ । नेपाली टिम उतैबाट जिम्बाव्वे प्रस्थान गर्नेछ । नेपालले जिम्बाव्वेमा ३० र ३२ जेठमा ओमान र यूएईसँग अभ्यास खेल खेल्नेछ ।
विश्वकप छनोट ३ असारदेखि सुरु हुनेछ । नेपालले पहिलो खेलमा टेष्ट मान्यताप्राप्त घरेलु टिम जिम्बाव्वेको सामना गर्नेछ । ५ असारमा अमेरिका, ७ असारमा वेष्ट इण्डिज र ९ असारमा नेदरल्याण्ड्ससँग खेल्नेछ ।
आफूविरुद्धको बलात्कार मुद्दा टुंगो नलागेका अफ्रिका नजाने निर्णय गरेका उनले टिमलाई शुभकामना दिएका छन्। नेपाली टिममा विश्वास गरेको र राम्रो गर्ने भन्दै शुभकामनासमेत सन्दीपले दिएका छन्।
नेपालले जिम्बावेमा विश्वकप छनोट खेल्दै छ । सन्दीपविरुद्ध लागेको बलात्कारको आरोपको फैसला सुनुवाई विभिन्न बहानामा सर्दै आएको छ ।
I have faith in all of you and your abilities. You all have shown your potential to the world by bringing cricket to this level. Now is the time for all of you to have faith in your abilities again. Give your best wherever you go. Good luck ahead team and safe travels.❤️ pic.twitter.com/WVFTr3wJ5e
— Sandeep Lamichhane (@Sandeep25) May 30, 2023
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।