add

संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक बस्दै






ActPro Nepal

|

१६ जेठ, २०८०

|
338

काठमाडौं ।  संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक मंगलबार बस्दैछ। बिहान ८ बजे बस्ने पहिलो बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि सहभागी हुने संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। 

अघिल्लो संसद् अधिवेशनको अन्तिम दिन संसदीय समिति गठन भएको भए पनि अझै पनि सभापति चयन हुन सकेको छैन। यस्तै प्रतिनिधिसभा अन्तर्गतका तीनवटा र राष्ट्रिय सभा अन्तर्गतका दुई समितिका बैठक पनि बस्दैछ। प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ८ बजे शुरु हुनेछ। 

समितिको बैठकमा आन्तरिक कार्यविधि बनाउने विषयमा छलफल हुनेछ। महिला तथा सामाजिक मामिला समितिको ११ बजे बस्नेछ। समितिमा महिला तथा सामाजिक मामिला समितिको आन्तरिक कार्यविधिमाथि छलफल हुने कार्यसूची छ। यस्तै राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग र आदिवासी जनजाति आयोगद्वारा गत वर्षमा गरिएका कार्यक्रम, विनियोजित बजेट, रकमान्तरको अवस्था साथै भावी दिनमा गरिने कार्यक्रम तथा प्रस्तावित बजेटको सम्बन्धमा छलफल हुने कार्यसूची छ। 

बैठकमा राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, आदिवासी तथा जनजाति आयोगका पदाधिकारी पनि सहभागी हुनेछन्। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान ११ बजे नै बस्नेछ। 

बैठकमा समितिको प्रस्तावित कार्यविधिको सम्बन्धमा छलफल लगायत विविध विषयमा छलफल चल्ने एजेण्डा रहेको छ। विधायन व्यवस्थापन समितिको बैठक दिउँसो ३ बजे बस्नेछ। नेपाल विश्वविद्यालय विधेयक, २०७९ सम्बन्धमा छलफल गर्ने बेठकका कार्यसूची छ। 

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक ११ बजे डाकिएको छ। बैठकमा संविधानको धारा ३८ कार्यान्वयनको समस्या र चुनौती सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.