add

सानिमा जीआईसी इन्स्यारेन्सकोको साधारणसभा आह्वान






ActPro Nepal

|

१५ जेठ, २०८०

|
355

काठमाडौं । सानिमा जीआइसी इन्स्यारेन्सको जेठ ३२ गते साधारण सभा डाकेको छ । सभा अमृतभोक कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 

साधारण सभामा संस्थापक सेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा छ ।

आर्थिक वर्ष २०७८ र ७९ को वार्षिक प्रतिवेदन माथि पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७९ र ८० को लागि लेखापरिक्षक नियुक्त गर्ने प्रस्ताव पनि छ ।कम्पनीले यसपटक पनि सेयरधनीलाई कुनैपनि लाभांश वितरण नगर्ने भएको छ । सभा प्रयोजनका लागि कम्पनीले जेठ १२ गते बुक क्लोज गरिएको छ ।

जेठ ११ गतेसम्म कायम सेरधनीहरु सभामा भाग लिन योग्य हुनेछन् । गत वर्षको कात्तिक ७ गतेबाट सानिमा जनरल र जनरल इन्स्योरेन्स एक आपसमा मर्ज भएर सानिमा जीआइसी इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु भएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.