add

अर्थमन्त्री भन्छन् –पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरेर बजेट आउँछ






ActPro Nepal

|

१४ जेठ, २०८०

|
414

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरेर सरकारको आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन्।

आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन्। जेठ १५ गते (भोलि) सरकारले आगामी आर्थिक वर्षका बजेट संसदमा पेश गर्दै छ।

अर्थमन्त्री महतले बजेट समग्र जनता र देशलाई केन्द्रित गरेर आउने बताए। बजेट कार्यान्वयनमा पनि सरकारले विशेष जोड दिने उनको भनाइ थियो। कार्यान्वयनलाई नै महत्व दिएर बजेट आउने र त्यसैलाई मध्यनजर राखेर सरकार अघि बढ्ने अर्थमन्त्री महतले बताए।

उनले बजेट जतिसुकै राम्रा भए पनि कार्यान्वयनमा नगए त्यसको कुनै अर्थ नहुने भएकाले सरकारले बजेट कार्यान्वयनको पक्षमा जोड दिने बताए।

अर्थमन्त्री महतले भने, 'समग्र जनतालाई केन्द्रित गरेर, देशलाई केन्द्रित गरेर सबै पक्ष, पछाडि परेका क्षेत्र, समूह, वर्ग, लिंग सबैलाई मध्यनजर राखेर बजेट आउँछ। हामीले कार्यान्वयनमै जोड दिएका छौं। कार्यान्वयन अत्यन्तै महत्वपूर्ण विषय हो। र, जतिसुकै राम्रा कुराहरु भए पनि कार्यान्वयनका विषयमा हामी गम्भिर भएनौं भने समस्या आउँछ। परिणाम आउँदैन। त्यो कुरालाई मध्यनजर राखेर नै के–कस्ता सुधारका आवश्यक्ता छ ? त्यसलाई हामी महत्व दिन्छौं।'

अर्थमन्त्री महतले बजेटलाई परिणाममुखी बनाउन पनि त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने स्मरण गराए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.