add

ए डिभिजन लिगमा आज तीन खेल हुँदै






ActPro Nepal

|

१० जेठ, २०८०

|
334

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज बुधबार तीन खेलहरु हुँदैछन्।

लिगको दोस्रो लेगको आठौँ चरण अन्तर्गत बुधबार तीन खेलहरु हुनेछन्। जसमा दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र एनआरटीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

दशरथ रंगशालामा हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। जावलाखेल र मछिन्द्रबीचको खेल साँझ ६ बजे सुरु  हुनेछ ।

यस्तै च्यासल मैदानमा एपीएफ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.