add

नेपाल बैंकले सेयर किन्न ३ दिनमै ऋण दिने, २ लाखदेखि पाइने






ActPro Nepal

|

८ जेठ, २०८०

|
294

काठमाडौं । पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता सहज भएसँगै कर्जा लगानी गर्न बैंकहरुले आकर्षक योजना ल्याउन थालेका छन् ।घर र विद्युतीय सवारी खरिदमा आकर्षक योजना ल्याइरहेका बैंकहरुले अब सेयर धितो कर्जा योजना पनि ल्याउन थालेका हुन् ।

यसैक्रममा, सरकारी स्वामित्वको नेपाल बैंकले सेयर धितो कर्जा योजना ल्याएको छ । नेपाल बैंकले ‘तपाईंको सेयरको उच्चतम उपयोगिता’का लागि भन्ने नाराका साथै सहुलियत ब्याजदरमा सेयर धितो कर्जा योजना ल्याएको हो ।

यस योजना अनुसार ऋणीले ३ कार्यदिन भित्रै कर्जा पाउने छन् । बैंकले बेसरेट ९.७६ प्रतिशतमा ३ प्रतिशत प्रिमियम जोडेर कुल १२.७६ प्रतिशत ब्याजदरमै सेयर धितो कर्जा दिने जनाइएको छ ।

बैंकले न्यूनतम २ लाखदेखि अधिकतम १२ करोडसम्म सेयर धितो उपलब्ध गराउने भएको हो । यस्तो कर्जा १ वर्षका लागि लिन सकिने बैंकले जनाएको छ । ऋणीको सन्तोषजनक कार्यसम्पादनको आधारमा यो ऋण नवीकरण पनि गर्न सकिने छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.