add

विदेशी तयारी दालसँग प्रतिस्पर्धा गर्न नसक्दा सयौं उद्योग बन्द भए : गुप्ता






ActPro Nepal

|

८ जेठ, २०८०

|
306

काठमाडौं । नेपाल चामल तेल दाल उद्योग संघले स्वदेशी लगानीमा स्थापना भएका उद्योगहरुको उच्च गुणस्तरीय उत्पादनले राष्ट्रिय अर्थतन्त्रमा प्रभाबकारी भुमिका निर्बाह गरेका बताएको छ ।

कठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले अरबौंको लगानिमा भएका उद्योगहरुबाट निर्बाहमुखी उत्पादन मात्र नभएर तेश्रो मुलुकका बिभिन्न देशहरुमा समेत निर्यात हुने गरी राष्ट्रिय उत्पादनमा टेवापुग्नेगरी आन्तरिक उत्पादनलाई बढावा दिएको दावी गरेको हो ।

संघका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले नेपाल सरकारले कृषि अनुदान र कृषि संरक्षण नीति निर्माण गरी स्वदेशी कृषि उद्योग संरक्षण गरी रोजगारी लगाएतका पुर्वाधारहरुको सृजना गर्न आगामी बार्षिक बजेटमार्फत मार्ग प्रसस्त गर्न अनुरोध गरेका छन् ।

कृषिलाई पूर्ण प्राथमिकतामा राखेर स्थापना भएका चामल, तेल, दाल जस्ता उद्योगको प्रष्टनीति निर्माण नहुनु, कृषि भुमिको संरक्षण नहुनु, उन्नत विउ बिजन र मल जलको पूर्ण ब्यबस्थापन नहुनु, राज्यका कमजोर पक्ष भएको भन्दै सुधार्न आग्रह गरे ।

कृषिलाई र कृषिजन्य उद्योगहरुलाई अग्रगमन तर्फ लैजान सक्ने कुनै ठोस संकेत नदेखिएको भन्दै उनले राष्ट्रिय अर्थतन्त्रलाई सबल र सक्षम बनाउन आन्तरिक उत्पादन र स्वदेशी उद्योगहरुलाई निश्चित नीति निर्माण गरी बिषेश प्राथमिकताका साथ गंभिर बहस गर्न आग्रह गरे ।

अरबौंको स्वदेशी लगानीमा उद्योग स्थापना गरिएको हुन्छ तर बिना अध्यायन सरकारबाट बेला बेलामा नयां नीति परिबर्तन गरिदिंदा ती लगानी जोखिममा पर्ने मात्र नभई उद्योगनै बन्द गर्नु पर्ने तितो यथाथ भएको भन्दै उनले सरकारले नीति तथा नियम बनाए प्रभाबकारी र नतिजामुखी हुने अपेक्षा राखेका थिए ।a


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.