काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आइतबार तीन खेल हुँदैछ। लिगको दोस्रो लेगको सातौँ चरण अन्तर्गत आइतबार तीन खेल हुन लागेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे हुने पहिलो खेलमा एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लब भिड्नेछन्।
१९ खेलमा २२ अंक जोडेर दशौँ स्थानमा रहेको एपीएफ सातौँ जितको खोजीमा हुनेछ। १९ खेलमा २३ अंक जोडेर आठौँ स्थानमा रहेको मनाङ छैटौँ जितको खोजीमा योजनामा हुनेछ।
च्यासल मैदानमा दिउँसो ३ बजे नै न्युरोड टिम एनआरटी र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। १९ खेलमा २३ अंक जोडेर नवौँ स्थानमा रहेको एनआरटी छैटौँ जितको खोजीमा हुनेछ। १९ खेलमा ३१ अंक जोडेर तेस्रो स्थानमा रहेको मच्छिन्द्र पनि नवौँ जित निकाल्ने योजनामा हुनेछ।
दशरथ रंगशालामा साँझ ६ बजे शुरु हुने खेलमा जावलाखेल युथ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ।
जावलाखेल दशौँ जितको योजनामा छ । जावलाखेल १९ खेलमा ३२ अंक जोडेर दोस्रो स्थानमा छ। संकटा छैटौँ जितको योजनामा छ। ऊ १९ खेलमा २२ अंक जोडेर ११ औँ स्थानमा छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।