काठमाडौ । आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे”ले बिगमार्ट, चितवनसँग सम्झौता गरी एउटा अफर सार्वजनिक गरेको छ ।
“ह्याप्पी शपिब याट्बिगमार्ट” नामक सो अफरको पहिलो चरण अन्तर्गत ग्राहकलाई जेठ महिनाभर बिगमार्टमा कुनै पनि सामान खरिद गर्दा आइएमई पेकोस्मार्ट क्युआर स्क्यान मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त हुनेछ । सो छुटअन्तर्गत ग्राहकले प्रत्येक कारोबारमा रु १०० सम्म छुट पाउन सक्ने छन्। सो छुट प्रत्येक ग्राहकले अफर अवधी भरी ५ पटक सम्म पाउने बताइएकाे छ ।
अफरको दोश्रो चरण असार १ देखी साउन ३२ सम्म रहने छ । सो अवधीमा आइएमई पेले चितवन बिगमार्टमा राखिने एक्टिभेसन बुथमा आइएमई पेको खाता सुचारु गर्नका साथै ग्राहक वर्गलाई विभिन्न किसिमका गेमहरु खेलाइने छ र आकर्षक उपहारहरु पनि प्रदान गरिने कम्पनीले जनाएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।